(Sunday , 12 May,2024)

बैतडीमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

NepalNewsLine

NepalNewsLine

१० असार, काठमाण्डौ - सडकमाथिबाट पहिरो खस्दा बैतडीको जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ । यो राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउन उपकरणसहित टोली पठाइएको भए पनि निरन्तर पानी परेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।   
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal