(Saturday , 11 May,2024)

उपप्राध्यापक चलाउनेले दही खाएर तोडे अनशन

NepalNewsLine

NepalNewsLine

८ असार, काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन् ।

चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर  अनशन तोडाएकी हुन् । उनी आजै चितवनबाट काठमाडौं आएकी हुन् ।

चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होम कुमारी बरालले नै बचाएकी थिइन् ।

उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए ।

सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो । त्यसैले आफूले अनशन स्थगित गरेको बताए ।

चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा उनी अनशन बसेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal