(Saturday , 11 May,2024)

अवैधलागुऔषध कारोबार गर्ने १२ जना पक्राउ

NepalNewsLine

NepalNewsLine

८ असार, काठमाडौं - प्रहरीले अवैधलागुऔषध कारोबार गर्ने १२ जनालाई काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरूबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रबार लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न पाँच विदेशी नागरिकसहित १२ जनालाई सार्वजनिक गरेको हो।

व्युरोले जेठ २८ गतेदेखि चलाएको अपरेसनमा पक्राउ परेका १२ जनालाई आज सार्बजनिक गरेको हो।

पक्राउ पर्नेहरू विदेशी नागरिकहरूमा भारत विहारका २७ वर्षीय हेमन्त कुमार भगत, २८ वर्षीय रामभजन भन्ने सञ्जीव कुमार, ६३ वर्षीय टर्किस नागरिक पउल वेर्स्ट, चेक रिपब्लिका ३२ वर्षीय मार्टिना सेर्ना र इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ रहेका व्युरोका प्रवक्ता एसपी चक्राराज जोशीले जानकारी दिए।

उनीहरूलाई काठमाडौं र पोखराका विभिन्न होटलहरुबाट फरक-फरक दिन पक्राउ गरिएको हो।

पक्राउ पर्ने नेपाली नागरिकहरूमा राप्ति नगरपालिका-७  चितवनका २९ वर्षीय महेश चौधरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ का २९ वर्षीय सुगम मैनाली, काठमाडौं महानगरपालिका-१८ का  ४२ वर्षीय मुखिया गुरूङ, विराटनगर महानगरपालिका-१२ का ३६ वर्षीय बच्चन भन्ने राज गौतम,  रूबीभ्याली गाउँपालिका-२ का ४२ वर्षीय दावा तामाङ र वडा नम्बर ३३ वर्षीय नुरबहादुर तामाङ र भद्रपुर नगरपालिक-४ झापाका  २४ वर्षीय  सुमन लिम्बू रहेका छन्।

एसपी जोशीका अनुसार पक्राउ परेका  १२ जनाबाट कुल ३.७ ग्राम कोकिन, १०० ग्राम खैरो हिरोईन, ४०.८५ ग्राम एम्फेटामाइन, ६ किलो ८६० ग्राम चरेस, १० हजार १३१ पिस एलएसडी स्टिकर,चार किलो ७५० ग्राम गाँजा र १६ बोत्तल कोडिन बरामद गरिएको छ।

बरामद गरिएको अवैध लागू ओषधको अबैध बजार मूल्य  २ करोड ३३ लाख  १५ हजार २५० रूपैयाँ पर्ने एसपी जोशीले जानकारी दिए।

उनीहरूविरूद्ध  लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार सम्बन्धित जिल्ला अदालतहरूबाट  म्याद थप भइ अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal