(Saturday , 11 May,2024)

 भारतको राजस्थानका लागि काठमाण्डौबाट छुटेको बस गल्छीमा दुर्घटना, १९ घाइते, एक को मृत्यु

NepalNewsLine

NepalNewsLine

  ८ असार, काठमाण्डौ – काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटना पाँच जना नेपालीसहित १९ जना घाइते भएका छन् । 

आज शुक्रवार बिहान गल्छी गाउँपालिका–७ को गल्छी मोडमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनामा १२ वर्षकी भारतीय एक बालिकाको ज्यान गएको छ भने घाइते भएका १९ जनाको गल्छीमा उपचार भइरहेको छ । 

बस दुर्घटनापछि बिहान केहीबेर सडक बन्द भएको थियो । अहिले भने सामान्यरूपमा गाडी चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal