(Sunday , 12 May,2024)

 शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

NepalNewsLine

NepalNewsLine

 ८ असार, दाङ - दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडाअध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

वडाध्यक्ष वलीले हिजो बिहीवार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेपछि उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको थियो । 

पक्राउ परेका वलीलाई जाहेरीका आधारमा आजै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने डीएसपी राजन गौतमले जानकारी दिनुभयो । अनुसन्धानका लागि उनलाई आजै म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाउने तयारी गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal