(Saturday , 11 May,2024)

माइतीघरमा नागरिकताविहीनहरुको खुशियाली

author

Anonymous

७ असार,  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका छन् । सर्वोच्च अदालतले बिहीबार उक्त विधेयक कार्यान्वयनका लागि बाटो खुला गरिदिएपछि नागरिकता पीडित संघर्ष समितिले खुशियाली मनाएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २२ जेठमा विधेयक कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि जन्मसिद्ध नागरिकका सन्तानले माइतीघर केन्द्रित आन्दोलन गर्दै आएका थिए ।

बिहीबार न्यायाधीश डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका हुन् ।

अब जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले नागरिकता पाउनेछन् । नागरिकता नपाउँदा उनीहरुले विदेश जान, उच्च शिक्षा अध्ययन गर्न, बैंकमा खाता खोल्न पनि पाएका थिएनन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal