(Saturday , 11 May,2024)

संखुवासभामा आएको बाढिले बगाउदा १ जनाको मृत्यु, १६ बेपत्ता

NepalNewsLine

NepalNewsLine

३ असार , विराटनगर - सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुर्र्याको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ । 

काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएका छन् । सुपर हाइड्रो बाढीका कारण क्षतिग्रस्त भएको उनले बताए । 

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

गए रातिदेखि नै कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । गए राति नै ताप्लेजुङमा गएको पहिरोमा परी ४ जना बेपत्ता रहेका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal