(Saturday , 11 May,2024)

रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

२ असार, रौतहट - रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

स्थानीय अरुण साहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर संचालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेको देखेपछि उनलाई बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि गौर अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा अरुण साह र सिताबी पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

‘अरुण साहलाई करेन्ट लागेको देखेपछि नजिकै पसलमा रहेका सिताबी पण्डित उनलाई बचाउन गएका थिए’ प्रहरी प्रमुख बुढामगरले भने ‘उपचारका क्रममा मृत्यु भएका दुवै जनाको शव पोष्टमार्टम पश्चात परिवारजनलाई जिम्मा लगाइएको छ ।’

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal