(Sunday , 12 May,2024)

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुद्वारा थाल ठटाएर विरोध प्रदर्शन 

NepalNewsLine

NepalNewsLine

२८ जेठ, काठमाडौँ - नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको ग्यारेन्टी नभएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । समितिले कर्मचारीहरुको विभिन्न सेवा सुविधाका विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै त्यसको विरोधमा खाली थाल बजाएर प्रदर्शन गरेका हुन ।

उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघरसम्म विरोध र्यालीको आयोजना गरेका थिए । प्रदर्शनमा नीति तथा कार्यक्रममा उल्लेख भएको विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधा बजेटमा पनि समावेश गर्न गर्न माग गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal