(Saturday , 11 May,2024)

नयाँ क्याम्पस चिफ विवाद झनै चर्कदै : भक्तपुर क्याम्पस

NepalNewsLine

NepalNewsLine

२५ जेठ, काठमाडौं - त्रिविका क्याम्पसहरुमा नियुक्ति विवादका घटना नयाँ होइनन्, तर भक्तपुर क्याम्पसमा नयाँ क्याम्पस प्रमुख नियुक्ति विवाद भने जेलिंदै गएको छ ।

भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा। कृष्णप्रसाद पोखरेलले गत चैत ३० गते अनिवार्य अवकाश पाएका थिए । तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाशपश्चात् त्रिविले तत्काल नयाँ क्याम्पस प्रमुख नियुक्त गर्न सकेन । त्यसपछि त्रिविले वरिष्ठताको आधारमा भन्दै सहायक क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई निमित्त क्याम्पस प्रमुखमा वैशाख ३ गते नियुक्त गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्ले सहप्राध्यापक शाक्यलाई निमित्त क्याम्पस प्रमुखको हैसियतमा जिम्मेवारी दिएको करिब डेढ महिनामा जेठ १६ गते अर्की सहप्राध्यापक कविता लुइँटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गर्यो । सोही अनुसार गत आइतबार उनी नियुक्ति पत्र लिएर क्याम्पस पुगिन् ।

उनी अकस्मात् प्रमुख बनेर आइपुगेको सुइँको समेत पाइनन् निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्यले । उनलाई त्यस बेलासम्म न त्रिवि कार्यकारी परिषद्ले जानकारी दियो, न त क्याम्पस प्रशासनले नै । निमित्त क्याम्पस प्रमुख शाक्य काम गरिरहेकै बेला नवनियुक्त क्याम्पस प्रमुख सह–प्राध्यापक कविता लुइँटेल भट्टराई ठूलो समूहमा क्याम्पस पुगेकी थिइन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal