(Saturday , 11 May,2024)

रास्वपा कि सांसद सोबिता गौतम ले सुटुक्क कसिन लगनगाठो

NepalNewsLine

NepalNewsLine

१८ जेठ, काठमाडौँ -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग गुपचुपमा विवाह गरेकी हुन् ।

माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा रहेको स्रोत बताउँछ । चितवन घर भएका गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरुले लगनगाँठो कसेको बताइएको छ ।                                                                                  पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता बैबाहिक विधि पूरा गरिएको हो । यद्यपि, दुवै पक्षले विवाहका तस्विरहरु सार्वजनिक गरेका छैनन् ।

सोविता गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं–२ बाट विजयी सांसद हुन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal