(Sunday , 12 May,2024)

सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रावासमा मृत भेटिए विद्यार्थी

NepalNewsLine

NepalNewsLine

१७ जेठ, काठमाडौं - काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल ९इलिप्स० को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal