(Saturday , 11 May,2024)

सगरमाथा आरोही बुढामगरलाई माओवादी केन्द्रद्वारा सम्मान

NepalNewsLine

NepalNewsLine

१६ जेठ, काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गर्नु भएको हो ।

त्यस, अवसरमा महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिशनको सफलताको पनि कामना गर्नुभयो । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताउनुभयो । उहाँले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि बताउनुभयो । बुढामगरले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन आग्रह गर्नुभयो ।

बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाउनु भएका बुढामगरले गत जेठ ५ गते अपरान्ह सगरमाथाको सफल आरोहण गर्नु भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal