(Sunday , 12 May,2024)

सिर्सियाको चिन्ता सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

author

Anonymous

काठमाडौँ । चुरे तथा वन जङ्गल संरक्षण अभियानले पर्साको सिर्सिया नदीलाई प्रदूषण र अपहरण मुक्त गराउन माग गर्दै सिर्सिया नदीको पानी भरिएको बोतल, ब्यानर ,प्ले कार्ड सहित माइतीघर मण्डला विरोध प्रदर्शन गरेका छन् ।  वीरगन्जबाट काठमाडौँसम्म पैदल आएका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

१० दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरुले बारा औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै आएका छन् ।

बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको सिर्सिया नदी पर्साको वीरगन्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहर सिधै नदीमै विसर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यता प्रदूषित बनेको हो 


औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी सो खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने गरिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटक पटक आन्दोलन समेत गर्दै आएका छन् । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको पटक पटक अनुगमनसमेत गरेको थियो ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal