(Sunday , 12 May,2024)

पासाङ दावा शेर्पाले गरे सगरमाथा आरोहणमा कामीरितासँग कीर्तिमान बराबरी

NepalNewsLine

NepalNewsLine

८ जेठ, काठमाडौं - विख्यात आरोही पासाङ दावा शेर्पा २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका छन् । पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ ।

कामिरिताले समेत यसै सिजनमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका थिए । पासाङ खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ का स्थानीय हुन् ।

कामीरिताले यसै सिजनमा दोस्रो पटक र समग्रमा २८ औंं पटक सगरमाथाको आरोहण गरी कीर्तिमान राख्ने तयारीमा छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal