(Sunday , 12 May,2024)

परीक्षा केन्द्र अगाडि विज्ञापनका पर्चा बाँड्ने ६१ जना महानगरको फन्दामा

NepalNewsLine

NepalNewsLine

२९ वैशाख, काठमाडौं - काठमाडौं महानगरपालिकाले परीक्षा केन्द्र भएको क्याम्पस अगाडि विज्ञापनका पर्चा बाँड्ने ६१ जनालाई नियन्त्रणमा लिएको छ।

पर्चा बाँड्ने कलेजका विद्यार्थी, इन्ष्टिच्युट  र विभिन्न कम्पनीका कर्मचारीहरू पक्राउ परेको महानगर प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई जरिवाना तिराएर छोडिएको छ।

काठमाडौं महानगरपालिकाले परीक्षा सञ्चालन भइरहेका केन्द्रहरूमा अनुगमनलाई तीव्र पारेको छ। 

अनुगमनका क्रममा पर्चा बाँड्दै गरेको भेटाएपछि कारबाही अघि बढाएको हो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal