(Sunday , 12 May,2024)

सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

NepalNewsLine

NepalNewsLine


२१ वैशाख, काठमाडौँ  - जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।

बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal