(Sunday , 12 May,2024)

दार्चुला हिमपहिरो : दुई महिलासहित तीनजनाको शव भेटियो

NepalNewsLine

NepalNewsLine

 

२० वैशाख, दार्चुला - दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका पाँचजनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मंगलबारदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन भएका यार्सा सङ्कलकमध्ये सातजनाको सशस्त्र प्रहरीले उद्दार गरेको थियो भने पाँचजना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट झन्डै अढाइ किलोमिटर तल तीनजनाको शव भेटिएको जानकारी दिए । 

उनले शव भेटिएपनि पहिचान भने नखुलेको जानकारी दिए। अझै दुईजना बेपत्ता छ्न् । उनीहरूको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी किरन जोशिले बताइन् । अहिले पनि मुसलधारे पानी परेकोले उद्दार कार्यमा कठिन भएको उद्दारमा खटिएको टोलिले जानकारी दिएको छ।

शव जिल्ला सदरमुकाम ल्याउने तयारी भएपनि पानी परिरहेकाले समस्या भएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal