(Friday , 28 June,2024)

बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १२ वटा कम्पनीहरूले हाले टेण्डर

NepalNewsLine

NepalNewsLine

Image 1

चितवन । चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावले निर्माण अलपत्र बनेपछि भरतपुर महानगरपालिकाले जिम्मा लिएको थियो । त्यस पश्चात महानगरले निर्माण सम्पन्नको लागी बजेट विनियोजन गरी टेन्डर आह्वान गरेको थियो ।तर उक्त टेन्डर विवादित भएपछि बन्द भएको थियो । पुनः दोस्रो पटक  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन् । टेण्डर हालेका १२ वटा कम्पनीहरू सबैको प्राविधिक मूल्याङ्कन सकिएको छ । उनीहरू सबैको अब आर्थिक प्रस्ताव खोलिने महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिएका छन । प्राविधिक मूल्याङ्कनको काम सकसिकिएको छ । अब ७ दिनको समय दिएर सूचना जारी गरेर आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको छ ।

अर्यालले चालु आर्थिक वर्षको असार महिनाभित्रै रंगशालाको बाँकी काम अगाडि बढाउने गरी ठेकेदार कम्पनीसँग सम्झौता गर्ने तयारी गरिएको बताएका छन । रंगशाला बनाउनु महानगरको सबैभन्दा महत्वपूर्ण र राष्ट्रको गौरवको परियोजना पनि भएकोले यो रंगशाला छिटो बनाउन महानगरले जोड दिएको छ । विगतमा जे जे भए पनि अब काम नरोकिई, अगाडि बढ्छ भन्नेमा महानगरपालिका दृढ रहेको उपनिर्देशकले बताएका छन ।
उनले असारभित्रै छनोट हुने निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेसनसमेत दिएर काम अगाडि बढाउन लगाउने बताएका छन ।

रंगशाला निर्माणका लागि डाँफे, खानीखोला, रविना कालीगण्डकी जेभी, ओम साइराम, प्रेरा, गौरीपार्वती, यामे, सगुन कन्ष्ट्रक्सन, खानी निर्माण, हनुमान, रोशन कन्ट्रक्सन, लामा डाइनामिकजेभीले टेण्डर हालेका छन् । यसअघि ३० दिनको म्याद राखेर गत फागुन १७ गते आब्हान गरिएको टेण्डर विवादित भए पछि महानगरपालिकाले रद्द गरेको थियो । महानगरले गत जेठ ३ गते दोस्रोपटक पुनः टेण्डर आह्वान गरेको थियो । पहिलोपटक टेण्डर गर्दा एमए कन्स्ट्रक्सन प्रा.लि.ले मात्रै ठेक्का हालेको थियो । ठेक्काको मापदण्ड एकमात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो । महानगरले १ अर्व १० करोडको ठेक्का आह्वान गरेको हो ।

महानरपालिकाका वरिष्ठ इन्जिनियर (उपनिर्देशक) सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिएको हो । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३÷३ तलाको टावर बनाइने छ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो । संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ ।

संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरू मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा पनि रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ । धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दैं २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गामा धुर्मस सुन्तली फाउण्डेशनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको भन्दै निर्माण रोकिएको थियो । कुल ३० हजार दर्शक क्षमताकोे रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बस्न मिल्ने प्याराफिट बनिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ । थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो । महानगरपालिकाले स्वामित्व लिएपछि निर्माण कार्यको प्रक्रिया अगाडि बढेको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal