(Monday , 24 June,2024)

सिटीका गोलकिपर एडरसनले एफए कप फाइनल र लिगको अन्तिम खेल गुमाउने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । म्यानचेष्टर सिटीका गोलकिपर एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् । उनले आँखाको सकेट फ्रयाक्चर भएकोले दुई महत्वपूर्ण खेल गुमाउने भएका हुन् ।

टोटनहमका क्रिस्टियन रोमेरोसँग ठोक्किएपछि ३० वर्षीय ब्राजिलियन गोलकिपर टोटनहमविरुद्धको खेलमा ६९ मिनेटमा रिप्लेस भएका थिए ।  उक्त खेल सिटीले २(० ले जितेको थियो ।

लिगको शीर्ष स्थानमा रहेको सिटी अब उपाधिबाट एक जित टाढा छ । सिटीले लिगको अन्तिम खेल १९ मे मा घरेलु मैदानमा वेष्ट हमसँग खेल्दैछ । उक्त खेल जितेमा सिटी लगातार ४ प्रिमियर लिग जित्ने कीर्तिमान बनाउनेछ ।

यस्तै सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडसँग २५ मे मा वेम्बली मैदानमा एएफसी कप फाइनल खेल्नेछ । टोटनहम विरुद्धको खेलमा एडरसनलाई रिप्लेस गरेका गोलकिपर स्टेफान ओर्टेगाले महत्वपूर्ण बचाउ गरेका थिए । अब बाँकी दुई खेलका लागि ओर्टेगाले नै एडरसनको ठाउँ लिने सम्भावना धेरै छ ।

३१ वर्षीय जर्मन गोलकिपर ओर्टेगाले पछिल्लो दुई सिजन एएफ कप र काराबाओ कपको हरेक चरणमा खेलेका छन् । उनी एडरसन ठिक भएपनि वेम्बलीमा युनाइटेडसँग खेल्ने सम्भावना छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal