(Saturday , 18 May,2024)

वेस्ट इन्डिज 'ए' सँग ७६ रनले नेपाल पराजित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए' सँग पराजित भएको छ । बलिङ र ब्याटिङ दुवै नचलेपछि नेपाल ७६ रनले पराजित हुन पुगेको हो । 

त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज 'ए' ले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १ सय ५१ रन बनाएर अलआउट भयो । 

नेपालका लागि करण केसी र लोकेश बमले सर्वाधिक २८/२८ रनको योगदान दिए । कुशल मल्लले २०, विनोद भण्डारीले १९ र अनिल साहले १४ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले तीन विकेटको क्षतिमा २ सय २८ रनको विशाल स्कोर खडा गरेको थियो । 

पहिलो खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई पराजित गर्दा त्यसपछिका दुई खेलमा हार व्यहोर्न बाध्य भयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal