(Saturday , 18 May,2024)

पहिलो विकेटमा १९ रन बनाउँदै आउट भए विनोद भण्डारी

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको हो । 

विकेटकिपर ब्याट्सम्यान विनोद १५ बलमा चार चौकाको मद्दतले १९ रन बनाउँदै आउट भए । उनलाई क्यारेबियन टोलीका बलर फाबियन एलनले ह्याडेन वाल्सद्वारा क्याच गराएका हुन् । चौथो ओभरको अन्तिम बलमा विनोद आउट हुँदा नेपालले ३६ रन बनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal