(Friday , 10 May,2024)

कप्तान रोहित पौडेलले बनाए अर्धशतक

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले २८ बलमा ५२ रन बनाएर खेलिरहेका छन् । नेपालले १०.३ ओभरमा ३ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।  

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी-२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal