(Sunday , 05 May,2024)

प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिताले बागमती प्रदेशलाई खेलकुदमा जगाएको आशा

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । पछिल्लो समय खेलकुद प्रतियोगिताहरु स्थानिय स्तरमा हुन थालेका छन् । स्थानिय स्तरले आयोजना गर्ने खेलकुद प्रतियोगिताको व्यवस्थापन र त्यसको पूर्णता दिन केही हदसम्म चुकेको पाइन्छ ।

खेलकुद प्रतियोगिताको ब्यस्थापन र सहज तरिकाले सम्पन्न गर्न । सही नेतृत्व, सहज खेलकुद परिपाटी आवश्यक पर्दछ । अनि मात्र खेलकुद प्रतियोगिताहरुले सहज ढंगले पूर्णता पाउन सक्छन् ।

यसैको एक उदाहरण हो बागमती प्रदेशको आयोजनामा सम्पन्न भएको प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता । चैत २५ गतेबाट सुरु भएको प्रतियोगिता बैशाख २ गते सम्पन्न भयो ।

करिव ५ हजार खेलाडी सहभागिता भएको उक्त प्रतियोगिता बागमती प्रदेशको चितवन र हेटौंडामा सम्पन्न भयो । प्रधानमन्त्री पुष्पकमल दाहल ९प्रचण्ड०ले उद्धाटन गरेको प्रतियोगितामा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले समानपन गरे ।

प्रदेश स्तरमा पहिलो पटक खेलकुद प्रतियोगिता समानपन गरेको बागमती प्रदेशले अब नयाँ आयोजकको प्रतिक्षामा रहेको छ । तर, हालसम्म कुनै पनि प्रदेशले प्रदेश खेलकुदको झण्डा लिन भने सकेको छैन् ।

करिव १२ करोडको अनुमानित बजेटमा सञ्चालन भएको प्रदेश खेलकुद हाल १० करोडमा नै सकिने अनुमान गरिएको बागमती प्रदेश खेलकुद विकास परिष्दका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा आफै आयोजक भएको बागमती प्रदेश ६१ स्वर्ण सहित पहिलो हुन सफल भयो । यसले पहिलो आयोजकका रुपमा बागमती प्रदेशलाई केही सहज भने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको बागमतीको यो प्रयासलाई राष्ट्रिय खेलकुद परिष्द र प्रदेश खेलकुद परिष्द हरुले सहज रुपमा आत्मसाथ गर्दै अन्य प्रतियोगिताका लागि तयार रहनु पर्ने आवश्यक देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डले पनि प्रदेश संरचनालाई नराम्रो भन्ने अवस्थामा बागमतीले एक राम्रो सबक सिकाएको बताएका थिए । उनले राष्ट्रिय खेलाडी उत्पान गर्न बागमतीले गरेको यो प्रयास सराहनिय भएको बताए ।

‘प्रदेश संरचनालाई नराम्रो भन्ने व्यक्तिहरुका लागि ठूलो खेलकुद प्रतियोगिताको अयोजना गरेर बागमती प्रदेशले एक राम्रो उदारण दिएको छ । राष्ट्रिय खेलाडी उत्पादनमा यो प्रतियोगिताले राम्रो भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

यता बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश खेलकुद प्रतियोगितामा धेरै बाधा अवरोध आएपनि यसलाई सहज तरिकाले सम्पन्न गरेर देखाउँदा आफूहरुलाई नै खेलकुदमा धेरै ठूलो योगदान दिएको महसुस भएको बताए । खेलकुदमा बागमती प्रदेशले पछिल्लो समय गरेको प्रगति देख्दा आफूलाई खुसि लाग्ने बताए ।

‘बागमती प्रदेशले यो प्रतियोगिता आयोजना गर्दा धेरै कुराहरु अबरोध भोग्नु परेको थियो । अहिले प्रतियोगिताको सफलतापछि मलाई नै धेरै खुसि लागेको छ,’ मन्त्री जम्कट्टेलले भने ।

यता बागमती प्रदेशकी सामाजिक विकाश मन्त्री कुमारी मोक्तानले प्रदेश खेलकुद प्रतियोगिताले बागमती प्रदेशबाट खेलकुद विकासमा एक नयाँ सन्देश दिन खोजेको बताइन् ।

‘प्रदेश खेलकुद प्रतियोगिताबाट हामीले खेलकुद विकाशको एक आधार स्तम्ब देखाउन खोजेको हो । बागमती प्रदेशले यो खालको प्रतियोगिता आयोजना गरेर सुरुवात गरेको छ । प्रदेश खेलकुद प्रतियोगिता अन्य प्रदेशले आयोजना गर्दा पनि बागमती प्रदेशलाई श्रेय जानेछ,’ मोक्तानले भनिन् ।

भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहालले प्रदेश खेलकुदको अयोजना भरतपुरमा गर्दा आफूहरुलाई खुसि लागेको बताइन् । उनले निर्माणधिन गोतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नै उद्धाटन गर्दा नेपाल सरकारको गौरवको आयोजनाको रुपमा रहेको रंगशालाले पनि केही सकरात्मक सन्देश दिने बताइन् ।

‘प्रदेश खेलकुदको आयोजना भरतपुरमा हुँदा धेरै खुसि लागेको छ । भरतपुर महानगरपालिका खेलकुद विकासमा पनि सकरात्मक भएको यसले सन्देश दिन्छ । हामी यस्तै खालको प्रतियोगिताको पर्खाइमा थियौं,’ दाहालले भनिन् ।

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भण्डारीले प्रतियोगिताले खेल क्षेत्रमा धेरै सहयोग गरेको बताए । त्यस्तै यस्तो किसिमको खेलाडीहरुको सहभागिता र उर्जा देख्दा प्रतियोगिता मार्फत नेपाली खेलकुदलाई नै केही दिएको महसुस भएको बताए ।

‘यो किसिमको खेलाडीको उर्जा र सहभागिताले नेपाली खेलकुदलाई नै केही दिएको महसुस भएको छ । खेलाडी उत्पादनको हिसावमा पनि हामीले केही सहयोग गरेका छौं । अहिले प्रदेश खेलकुदमा सहभागि भएका खेलाडी नै पछि गएर राष्ट्रको प्रतिनिधित्व गर्नेछन्,’ भण्डारीले भने ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal