(Saturday , 11 May,2024)

 भारतलाई ६ विकेटलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

NepalNewsLine

NepalNewsLine

Image 1

३ मंसिर, काठमाडौं - ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।

अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो ।

जबकी अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । मोहम्मद शमीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेछट लिए । शमीको लुड लेन्थ बलमा बार्नरले खेल्न खोजेका थिए, तर ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । उनी मात्र ७ रनमा आउट भए ।

खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिशेल मार्शको विकेट लिए । उनी १५ रनमा आउट भए । आफ्नो अर्को ओभरमा उनले नै स्टीभ स्मिथलाई एलबीडब्लू धरापमा पारे । बुमराहको स्लो करटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपीलमा फिल्ड अम्पायरले विकेट लिए । स्मिथले रिभ्यू लिएनन् । जबकी रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।

त्यसपछि दबावमा आएको अष्टेलियाले पावर प्लेमा निकै संघर्ष गर्नु परेको थियो । तर हेडले लाबुशेनसँग मिलेर पारी सम्हाले । चौथो विकेटका लागि १९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । म्याक्सबेलले पहिलो बलमै दुई रन लिएपछि अष्ट्रेलिया विजयी भयो ।

हेड विश्वकपको सुरुवाती खेलमा घाइते थिए । तर चोटमुक्त भएर टिममा फर्किएका उनले ५९ शलमा शतक बनाउँदै दमदार पुनरागमन गरे । सेमिफाइनलमा एकै ओभरमा दुई विकेट लिएर दक्षिण अफ्रिकालाई दबाबमा राख्न भूमिका खेलेका उनले ब्याटिङका क्रममा पनि एउटा एण्ड सम्हाल्दै ६२ रनको पारी खेलेका थिए । फाइनलमा पनि उनी चम्किए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal