(Friday , 10 May,2024)

भारतीय दूतावासले नेपालको राष्ट्रिय क्रिकेट टीमलाई ब्याटसहितका क्रिकेट सामग्री दिएको बारे पारस खड्कालाई प्रश्न  

NepalNewsLine

NepalNewsLine

Image 1

१० कार्तिक, काठमाडौं - भारतीय दूतावासले हिजो नेपालको राष्ट्रिय क्रिकेट टीमलाई ब्याटसहितका क्रिकेट सामग्री वितरण गरिएको भन्दै आफ्नो फेसबुक पेजमा तस्बिरहरु राखेको छ । दूतावासभित्र हिजो विशेष कार्यक्रम नै राखेर ब्याट वितरण गरिएको थियो ।

नेपाली राष्ट्रिय टीमका खेलाडीहरुलाई समेत बोलाएर गरिएको कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, नेपाली राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईसमेत उपस्थित थिए । राजदूत नविन श्रीवास्तवले खेलाडीलाई ब्याट बाँड्दा चतुर र पारस छेउमा उभिएर ताली बजाइरहेको तस्बिरमा देखिन्छ ।

भारतीय दूतावासले देखाएको यो ‘सदासयता’ लाई नेपाली क्रिकेटप्रेमीले भने त्यति सहजरुपमा लिएका छैनन् । नेपालको क्रिकेट विकासमा टेवा दिन सँधै अनिच्छुक भारतले केवल सस्तो प्रचारका लागि ब्याट वितरण गरेको उनीहरुको आरोप छ ।

हुन पनि क्रिकेटको महाशक्ति भारतले अहिलेसम्म नेपालको क्रिकेट विकासमा कुनै ठोस सहयोग गरेको छैन ।

क्यानले नेपालको क्रिकेट विकासमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) सँग बारम्बार सहयोग माग्ने गरेको छ । तर, क्रिकेटको महाशक्ति भारतले अहिलेसम्म कुनै ठोस सहयोग गरेको छैन । विगतमा एकपटक क्यानले बीसीसीआइसँग नेपालमा क्रिकेट रंगशाला निर्माणका निम्ति सहयोग माग्दै औपचारिक प्रस्ताव नै लगेको थियो । तर, बीसीसीआइले ठाडै अस्वीकार गरेको थियो ।

यति मात्र होइन, भारतको ‘ए’ टीम लाई नेपालसँग खेलाउनेदेखि, भारतीय क्रिकेट लिग ९आइपीएल०मा नेपाली खेलाडीहरुलाई स्थान दिने लगायतका विषयमा बीसीसीआई पूर्णरुपमा अनुदार छ । विश्वकै धनी र शक्तिशाली क्रिकेट बोर्डका रुपमा परिचित बीसीसीआइले नेपालको क्रिकेटमा सहयोगभन्दा असहयोग धेरै गरेको आरोप लाग्दै आएको छ ।

अहिले आएर भारतले केही हजार पर्ने ब्याट बाँडेर नेपालको क्रिकेट विकासमा सहयोग गरेको सन्देश अन्तर्राष्ट्रिय समूदायलाई दिन खोजेको हो । यसका लागि नेपालका भारतीय प्रशिक्षक मोन्टी देसाईले क्यानसँग दूतावासको समन्वय गरिदिएका थिए । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउन थालेपछि भारत यसमा हिस्सेदारी खोजेको एक खेल पत्रकार बताउँछन् ।

‘विगतमा बीसीसीआइले नेपाली क्रिकेटलाई सँधै अवरोध गर्दै आएको जगजाहेर नै छ । अहिले ब्याट बाँडेर अन्तर्राष्ट्रिय समूदायको आँखामा छारो हाल्ने प्रयास गरेको हो,’ उनी भन्छन् ।

केही समयअघि नेपालका स्पिनर ललित राजवंशीले आफूसँग एउटा गतिलो ब्याट नभएको भनेर गुनासो गरेको पुरानो अन्तरवार्ता भाइरल भएको थियो । उक्त अन्तरवार्ताले नेपाली क्रिकेट खेलाडी एउटा ब्याट किन्न पनि नसक्ने गरिबी अवस्थामा भएको सन्देश बाहिर गएको ती पत्रकार बताउँछन् ।

‘अहिले कम्तिमा राष्ट्रिय क्रिकेट खेलाडीहरुको त्यस्तो दूरावस्था छैन । आर्थिक हिसाबले पनि उनीहरुको अवस्था पहिलेभन्दा धेरै सुधारिइसकेको छ,’ उनी भन्छन् ।

त्यसो त क्यानलाई पनि अहिले प्रायोजकहरुको अभाव छैन । अहिले जारी त्रिकोणात्मक श्रृंखला खासै महत्वपूर्ण नभए पनि क्यानले दर्जनौं स्पोन्सरहरु पाएको छ । थुप्रै निजी संघ(संस्थाहरु क्रिकेट विकासमा सहयोग गर्त आतुर छन् । कम्तिमा खेल सामग्रीहरुका लागि नै विदेशी दूतावासलाई गुहार्नुपर्ने अवस्थामा क्यान छैन ।

त्यसो भए किन क्यानले लाचारीपूर्वक दूतावाससँग हात थाप्यो रु यो प्रश्न हामीले क्यानका नवनिर्वाचित महासचिव पारस खड्कालाई सोध्यौं । उनले आफू आउनुभन्दा अगाडि नै क्रिकेट सामग्री सहयोग गर्ने कुरा अगाडि बढिसकेको बताए ।

‘यो मेरो योजनामा भएको होइन । चार महिना अघिबाटै प्रक्रिया सुरु भएको रहेछ । म क्यानको सचिवको हैसियतले कार्यक्रममा उपस्थित भएको मात्र हुँ,’ उनले भने ।

उनले दूतावासले गरेको यो सहयोगलाई नकारात्मक रुपमा लिइरहनु आवश्यक नरहेको समेत बताए ।

‘सहयोग लिनु ठीक हो वा होइन भन्ने तपाईंहरुले आफ्नो तरिकाले विश्लेषण गर्न सक्नु हुन्छ । म चाहिँ यसलाई अन्यथा मान्दिनँ,’ उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal