(Friday , 10 May,2024)

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

NepalNewsLine

NepalNewsLine

Image 1

१० कात्तिक, काठमाडौं - त्रिकोणात्मक टी-२० आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । यूएईले  जबाफी ब्याटिङ गरेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

नेपालको सुरुवात ठीकै थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए ।

आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८/३ थियो ।

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै आउट भए । रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किएका हुन् ।

सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे ।

यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २-२ विकेट रह्यो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal