(Friday , 10 May,2024)

नेपाली फुटबल टिम दोस्रो खेलका लागि लाओस जाँदै

author

Arpana Bhujel

Image 1

२६ असोज, काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।

दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एकरएक गालेको बराबरी खेलेको थियो ।

नेपालले दोस्रो खेल असोज ३० गते लाओसको घरेलु मैदानमा उसैसँग खेल्नेछ । यो खेल जितेमा नेपाल अर्को चरणमा प्रवेश गर्नेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal