(Friday , 10 May,2024)

एसिया कप हेर्न आज २ बजेपछि जनकपुरका विद्यालयहरू बन्द

NepalNewsLine

NepalNewsLine

Image 1

१३ भाद्र, जनकपुरधाम - एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ ।

उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गरी बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

आजदेखि सुरु हुन लागेको एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग मुल्तानमा खेल्दैछ ।

१५ औँ स्थानमा रहेको नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्दैछ ।

औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।

सन् २०१४ को टी-२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठुलो प्रतियोगिता हो । टी-२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन ।

नेपालले २०२३ को एसिया कपमार्फत प्रतियोगितामा डेब्यू गर्दैछ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal