(Friday , 10 May,2024)

विश्वकप क्रिकेटको आधिकारिक गीतमा रणवीर सिंह मुख्य भूमिकामा

NepalNewsLine

NepalNewsLine

Image 1

४ असोज, काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकप क्रिकेटका लागि तयार पारिएको आधिकारिक ‘विश्वकप गीत’ सार्वजनिक गरेको छ । आईसीसीले आफ्नो ट्वीटरमार्फत ‘विश्वकप गीत’ को भिडियो सार्वजनिक गरेको हो । 

‘विश्वकप गीत’ को भिडियोमा बलिउड नायक रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । रणवीर सिंहसँगै धनाश्री वर्मा र गौरव तनेजा पनि ‘विश्वकप गीत’ को भिडियोमा देखिएका छन् । धनाश्री वर्मा चर्चित भारतीय क्रिकेट युजवेन्द्र चाहलकी पत्नी हुन् । 

यसैगरी गौरव तनेजा चर्चित यूट्यूबर हुन् । ‘दील जस्न बोले’ नामको उक्त ‘विश्वकप गीत’ को कम्पोज प्रितमले गरेका हुन् । ‘विश्वकप गीत’ मा प्रितम, नकास अजिज, श्रीरामा चन्द्रा, अमित मिश्रा, जोनिता गान्धि, अकासा र चरणले आफ्नो श्वर दिएका छन् । 

आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरू विभिन्न १० वटा रंगशालामा खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्ल्याण्ड र साबिक उपविजेता न्युजिल्याण्ड बीच खेलिने छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal