(Friday , 10 May,2024)

यौन उत्पिडन आरोपमा रियल मड्रिडका तीन खेलाडी पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

२९ भाद्र, काठमाडौं - स्पेनको प्रहरीले रियल म्याड्रिडका कम्तीमा तीन जना खेलाडीलाई पक्राउ गरेको छ।

पहिचान गोप्य राखिएका ती खेलाडीले एक नाबालिगसँगको यौन भिडियो सामाजिक सञ्जाल मार्फत शेयर गरेको आरोपमा पक्राउ गरिएको रोयटर्सले जनाएको छ।

पीडित नाबालिगकी आमाले यो मुद्दा सेप्टेम्बर ६ मा दायर गरेकी हुन्।

गत महिना विश्वकप विजेता जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेका फुटबल महासंघका पूर्वप्रमुख लुइस रुबियालेसविरुद्ध यौन दुर्व्यवहारको घटना सेलाउन नपाउँदै अर्को घटना बाहिरिएको हो। 

त्यहाँको सबैभन्दा सफल क्लबको तेस्रो स्तरका खेलाडी पनि यौन दुर्व्यवहारको गतिविधिमा संलग्न भएपछि आक्रोशको लहर चलेको छ।

रियल म्याड्रिडका अधिकारीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

छानबिनका क्रममा रियल म्याड्रिडको तेस्रो तहका एक जना खेलाडीले १६ वर्षीया पीडितसँगको यौन सम्बन्ध रेकर्ड गरेका थिए।

सहमतिमै भएको भनिएको उक्त सम्बन्धको भिडियो अन्य दुई खेलाडीले सामाजिक सञ्जाल मार्फत शेयर गरेको बताइएको छ।

म्याड्रिडमा हिरासतमा राखिएका तीनै जनालाई स्पेनको फौजदारी कानुन अन्तर्गत मुद्दा दायर गरिनेछ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal