(Friday , 10 May,2024)

आर्मी र थ्री स्टारको बराबरी

NepalNewsLine

NepalNewsLine

Image 1

२ जेठ, काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले थ्री स्टार फुटबल क्लबसँग १–१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले मिडफिल्डबाट शानदार गोल गरेपछि थ्री स्टारले अग्रता लिएको थियो ।

तर अग्रता जोगाउन नसक्दा थ्री स्टारले नियमित समयको ४ मिनेट बाँकी रहँदा आर्मीका दिनेश हेन्जनको हेडर गोल खान पुग्यो ।

८६ औं मिनेटमा सुदिल राईको क्रसमा दिनेश हेन्जनको हेडर गोलमा परिणत भएको हो ।

यस बराबरीसँगै थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal