(Friday , 10 May,2024)

कीर्तिमानी ब्याटिङसँगै लखनउले पन्जाबलाई हरायो

NepalNewsLine

NepalNewsLine

Image 1

१६ वैशाख, काठमाडौं । लखनउ सुपर जायन्ट्सले उत्कृष्ट ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई पराजित गरेको छ ।

लखनउले पन्जाबलाई ५६ रनले पराजित गरेको हो । यससँगै लखनउ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लखनउले जितका लागि पन्जाबलाई २५८ रनको लक्ष्य दिएको थियो । उक्त विशाल लक्ष्य पछ्याएको पन्जाब एक बल बाँकी हुँदै २०१ रनमा अल आउट भयो ।

पन्जाबका अथर्व टैडेले ३६ बलमा सर्बाधिक ६६ रन बनाए । सिकन्दर राजा ३६, जितेश शर्मा २४, लियाम लिभिङस्टोन २३, साम करन २१, प्रभसिमरन सिंह ९ र शिखर धवन १ रनमा आउट भए ।
लखनका यश ठाकुरले ४, नवीन उल हकले ३, रवि विश्रोइले २ विकेट र मार्कस स्टाइनिसले एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा २५७ रनको विशाल योगफल तयार गरेको थियो ।

यो आईपीएल इतिहासकै दोस्रो ठूलो स्कोर हो भने यो सिजनको हालसम्मको सबैभन्दा ठूलो स्कोर हो ।सबैभन्दा ठूलो योगफल रोयल च्यालेन्जर्स बेंगलोरको नाममा रहेको छ । उसले पुणे वारियर्सविरुद्ध पाँच विकेटकै क्षतिमा २६३ रन बनाएको थियो ।

विशाल स्कोर बनाउने क्रममा लखनउका मार्कस स्टोइनिसले सर्वाधिक ७२ रन बनाए । ओपनर कायल मेयर्सले ५४,   निकोलस पुरनले ४५, आयुष बदोनीले ४३, कप्तान लोकेश राहुलले १२, दीपक हुडा ११ र क्रुनाल पान्ड्याले ५ रन बनाए ।

पन्जाबका कागिसो रबाडाले २, अर्शदीप सिंह, साम करन र लियाम लिभिङस्टोनले एकरएक विकेट लिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal