२८ जेठ, काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ ।
२.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिएका छन् । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो । आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच भएको छ ।
आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो ।
गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । आइतबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड,मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
नागरिक लगानी कोष, शिवम् सिमेन्ट सहितका धितोपत्रको बढी कारोबार भएको छ ।
प्रतिक्रिया