(Monday , 13 May,2024)

ब्राजिलियन फुटबल लिजेण्ड मारियो जागालोको निधन

NepalNewsLine

NepalNewsLine

Image 1

ब्रासिलिया । खेलाडी र प्रशिक्षकका रूपमा चार पटक विश्वकप जितेका ब्राजिलियन फुटबल लिजेण्ड मारियो जागालोको ९२ वर्षको उमेरमा निधन भएको छ । जागालो ब्राजिल टोलीमा एक विङ्गर थिए । उनले खेलाडीका रुपमा सन् १९५८ र १९६२ मा लगातार विश्व कप जितेका थिए ।

त्यसपछि उनले पेले, जर्जिन्हो र कार्लोस अल्बर्टोजस्ता महान् खेलाडी सम्मिलित टोलीलाई म्यानेज गर्दै ब्राजिललाई सन् १९७० को विश्वकप जिताएका थिए । सन् १९९४ मा अल्बर्टो परेराको सहायक प्रशिक्षकको रुपमा उनले अन्तिमपटक विश्वकप जिते । 

जागालोले सन् १९९८ मा ब्राजिलको नेतृत्व गरे पनि फाइनलमा फ्रान्ससँग नमिठो हार बेहोर्न बाध्य बनेका थिए । उनी खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने पहिलो खेलाडी हुन् । त्यसयता जर्मनीका फ्रान्ज बेकेनबाउर र फ्रान्सका डिडिएर डेस्च्याम्प्सले पनि यो उपलब्धि हासिल गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal