(Monday , 13 May,2024)

युक्रेनमा रुसी मिसाइल आक्रमण : ५ जनाको मृत्यु, ४० घाइते

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् ।  मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको त्यहाँका आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोले बताए । 

पूर्वी शहर खार्किभमा तीन जनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद शहरमा १ जनाको र किभमा अर्का एक जनाको मृत्यु भएको थियो । कीभमा १८ जना घाइते भएका छन् । जसमा १३ जना अस्पतालमा भर्ना भएका छन् ।  

युक्रेनी वायुसेनाले रुसले आक्रमणमा १५ क्रुज मिसाइल र १२ ब्यालिस्टिक मिसाइलसहित ४१ मिसाइल प्रयोग गरेको बताएको छ । एयर डिफेन्सले सबै क्रूज मिसाइल, पाँच ब्यालेस्टिक मिसाइल र एउटा गाईडेड एभिएसन मिसाइल खसालेको बताएको छ । हवाई आक्रमणले युक्रेनमा रुसले एक महिनाभन्दा कम अवधिमा चौथो ठूलो हमला गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal