(Sunday , 12 May,2024)

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो । 

मन्त्रालयले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको जनाएको छ । सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।  

हालसम्म रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको सरकारले सोमबार पुष्टि गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal