(Friday , 10 May,2024)

सौराहका अब्बल व्यवसायी महेश खनाल, जस्ले चलाउछन पार्क सफारी रिसोर्ट

NepalNewsLine

NepalNewsLine

Image 1

चितवन  ।  महेश खनाल पर्यटकिय नगरी सौराहका सफल वयवसायी हुन । उनले कोरोनाको कहरदेखी आर्थिक मन्दीले धाराशाही भएको अवस्थामा समेत आँनो व्यवसायलाई टिकाईरहेका छन ।  गुल्मीको बिकट गाउँ ईस्मामा बुबा चुडामणी खनाल र आमा सुमित्रा खनालको माईलो सन्तानका रुपमा जन्मिएका महेश खनाल आज चितवन सौराहकोे ठुला होटलहरुमध्ये को एक पार्क सफारी रिसोर्ट संचालन गररिहेका छन । 

गुल्मी बाट प्राथमिक शिक्षा हाँसिल गरेका उनले हाईस्कुलको पढाई जनता मा.वि पिपरा बाट गरे भने बुटवलबाट म्यानेजमेन्टमा उनले स्नातकोत्तर गरेका छन । मध्यम पढ्ने विद्यार्थी रहेका उनले २०४५ सालमा दोश्रो श्रेणीमा एस.एल.सि पास गरेका थिए । खेलकुद र लेखनमा रुचि राख्ने उनले विद्यार्थि जिवनमा जिल्ला स्तरीय निवन्ध प्रतियोगितामा प्रथम पनि भएका थिए । अहिले पनि उनि भलिबल खेलमा रुचि राख्छन ।  

भारतिय सेनाको परिवारमा जन्मिएका उनलाई भने सानै देखि बिजनेस गर्न मन लाग्थ्यो । त्यसैले उनले एस.एल.सि पछि ईन्डियाबाट ६ महिनाको फोटो कलर ल्याबको तालिम लिए ।तालिम सकेर नेपाल फर्किदा सेकेन्ड हयान्डको क्यामेरा र फ्ल्यास लिएर आएका थिए । त्यसपछि उनले २४ वर्षको उमेरमा कोहलपुरमा आफनै लगानीमा सगुन फोटो कलर ल्याब स्थापना गरेर व्यवसाय सुरु गरे । त्यस कलर ल्याब उनले १० वर्ष चलाए । त्यही बिचमा उनले मिना पौडेल संग मागी विवाह पनि गरे । उनिहरुको २०४९ सालमा जेठो छोराको जन्म पनि भयो । त्यस पछि आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ छोरा सहित उनिहरु काठमाडौँ आए । 

काठ्माडौ आईसकेपछि उनले लतितपुरको पुल्चोक स्थित हालको नारायणी कम्ल्पेक्समा सन २००५ सालमा डिजिटल फोटो कलर ल्याबको स्थापना गरे । नेपालमा डिजिट फोटो कलर ल्याब सन २००२ आईसकेको थियो । नेपालमा पहिलो स्थापना हुने डिजिटल फोटो कलर ल्याब मध्ये उनको कलर ल्याब पनि एक हो । त्यतिबेला उनले सातदोबाटोमा भाडामा बस्दै आफ्नो व्यवसायलाई अगाडी बढाउँदै लगे र छोरा लाई ललितपुर स्थित जेम्स स्कुलमा पढाउँदै गए । छोरा निकुञ्जले जेम्स स्कुल बाटै उच्च शिक्षा हाँसिल गरे । करिब २ बर्ष जति हालको नारायणी कम्प्लेक्समा व्यवसाय गरेपछि सन २००७ सालमा ठमेलमा नमस्ते डिजिटल फोटो कलर ल्याब संचालन गरे । 

ठमेल एक व्यवसायिक ठाउँ भएकोले त्यस ठाउँमा व्यवसाय गर्नको लागि उनले १८ लाख १ वर्षको अग्रिम भाडा, १८ लाख डिपोजिट र १६ लाख सलामी सहित लगानी गरेका थिए । त्यसपछि उनले काठमाडौको ठमेलमै आउट साईड ट्राभल एण्ड टुर पनि संचालन गरे । ३ वर्ष डिजिटल कलर ल्याब संचालन गरेपछि साथी धर्मराज घिमिरेसंगै होटल व्यवसायमा लागे । उनिहरुले चितवनको सौराहमा रहेको फ्रन्सका नागरीक फेद्रीकले संचालन गरेको होटल किनेर होटल व्यवसाय सुरु गरे । १६ वटा रुम रहेको आफ्नै होटलमा जनरल म्यानेजर भएर कामको सुरुवात पनि गरे । केही वर्ष साथी संगै सहकार्य होटल व्यवसायमा सहकार्य गरेपछि । 

२०६९ वैशाख १८ गत्ते आफ्नै एकल पार्क सफरी रिसोर्ट दर्ता गरे । दर्ता पश्चात रिसोर्ट पुर्ण बन्नको लागि ३ वर्ष लाग्यो । ९ कठ्ठा १४ धुरमा बनेको यस पार्क सफारी रिसोर्टको अन्तत २०७३ सालमा सामान्य ओपनिङ गरे । केही प्राविधिक कारणबस रिसोर्टको ग्राण्ड ओपनिङ गर्ने सपना भने अधुरै रह्यो ।

नेशनल पार्क संग सुहाउदो भएकोले पार्क सफारी रिसोर्ट नामाकरण गरेको बताउछन । यस रिसोर्ट बनाउने समयमा १०० वटा रुमको एउटै भवन बनाउने सपना रहेको थियो तर ईन्जिनियर र फाईनान्सीयल सल्लाहकारको सल्लाह अनुसार अण्डरग्राउड सहितको ६५ वटा रुम र ३ वटा हल सहितको रिसोर्ट बनाएका छन । अण्डरग्राउण्डमा भने स्पा संचालन गरेका छन । कार्यक्रम, मिटिङ, सेमिनार गर्नको लागी एउटै हल २५० जनाको क्षमताको रहेको छ । अझ हलको क्षमता र संख्या बढाउनु पर्ने भएको रिसोर्टका संचालक महेश खनाल बताउछन । 

छोरा विदेशबाट फर्केपछिको भविश्यको योजनामा पनि अर्को ठाउँमा रिसोर्ट खोल्ने रहेको छ । उनले गोर्खाको माईननगरपालीकाको एउटा भर्जिन एरियामा लोकेशन पनि हेरीसकेका छन । जहाँको टापुमा जाडो याममा हिँउ पर्ने र लालीगुराँस फुल्ने गर्दछ । र त्यसको मनमोहक दृश्यको आनन्द लिन सकिने छ । 

चितवनको सौराहमा रहेको पार्क सफारी रिसोर्टमा सुलभ मुल्यमा स्वादिष्ट परिकारको साथ बस्न र सफरीको आनन्द लिन सकिने छ र साथै ब्युटी स्पाको सुविधा पनि लिन सकिने उनले बताए      । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal