(Monday , 13 May,2024)

 जुवा खेलिरहेको अवस्थामा ललितपुरबाट १५ जना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

ललितपुर । ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका -१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal