(Sunday , 12 May,2024)

काठममाडौ नयाँबजारमा खुल्यो सेभेन ह्विल्स रेष्टुरेन्ट

NepalNewsLine

NepalNewsLine

Image 1

३ मंसिर, काठमाडौँ - काठमाडौँको नयाँबजारमा सेभेन ह्विल्स रेष्टुरेन्ट खुलेको छ । ग्राहकहरुलाई फरक किसिमको वाताबरणमा फरक स्वादका खानाको सेवा दिने उदेश्यका साथ यो सेभेन ह्विल्स रेष्टुरेन्ट खोलिएको हो । आज मंसिर ३ गत्ते यस रेष्टुरे्न्टको उद्घाटन गरिएको हो । 

यस रेष्टु्रेन्टमा आउने ग्राहकहरुले अन्य रेष्टुरेन्टमा भन्दा भिन्न किसिमको खानाका परिकार तथा स्वालदको मज्जा लिन सक्नेछन । यस रेष्टुरेन्टमा नाम अनुसारकै नौलो किसिमकै डेकोरेशन तथा वातावरणको पनि  मज्जा लिन सक्नेछन । 

यो रेष्टुरेन्टको लोकेशन खोज्न र रेष्टुरेन्ट चिन्न पनि एकदमै सजिलो रहेको छ । नयाँबजारको चोकबाट खुसिबु जाने बाटो पट्टि थोरै माथि गएपछि लेफ्ट साईडमा सेभेन ह्विल्स रेष्टुरेन्ट लेखेको बोर्ड र ७ वटा ह्विल्स घुमिराखेको देख्न सकिन्छ । साथै रेष्टुरेन्टको भित्र पनि ह्विल्सको डेकोरेशनका साथै अन्य मनमोहक डेकोरेशन र शान्त वातावरणको अनुभुति गर्न सकिन्छ । 

यस रेष्टुरेन्टमा प्राईस पनि रिजिनेबल रहेकोले ग्राहकहरुले सजिलो र सस्तोमा मिठो खाना, प्लेजेन्ट सर्भिस र नयाँ अनि शान्त वातावरणको अनुभुति लिन सक्नेछन ।   

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal