(Monday , 13 May,2024)

दशैं लागे संगै काठमाडौंमा भित्रियो च्याङ्ग्रा 

author

Arpana Bhujel

Image 1

२९ असोज, काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा हिन्दुहरुले देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले दशैं मासु खाने पर्व हो ।

दशैंका लागि हिन्दु धर्मावलम्बीले खसी, बोका,च्याङ्ग्रा आदि खरिद गर्छन् । त्यसैले दशैंमा खसीबोकाको ठूलो कारोबार हुन्छ ।

काठमाडौं उपत्यकामा व्यापारीहरुले खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि ल्याउन थालेका छन् । सोमबार भक्तपुरको सल्लाघारीमा व्यापारीहरुको दुई समूहले च्याङ्ग्रा ल्याएको छ । व्यापारीहरुका अनुसार यी च्याङ्ग्रा चीनको तिब्बत र मनाङबाट ल्याइएको हो ।

यो च्याङ्ग्रालाई व्यापारीले जिउँदोमा नै १३५० रुपैयाँमा बिक्री गर्ने बताएका छन् । हिमाली क्षेत्रमा पालिने च्याङ्ग्राको मासु खसीबोकाको भन्दा मिठो र पोषिलो हुन्छ भन्ने विश्वास छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal