(Sunday , 22 June,2025)

नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता

NepalNewsLine

NepalNewsLine

Image 1

२०८२ बसार ७, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच शनिबार भेटवार्ता भएको छ । महासचिव विप्लव अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।
आजको भेटमा दुई नेताबिच पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता, समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको खबर छ  ।  ‘एकताका लागि तत्काल आधार तयार नभए पनि वामपन्थी शक्तिहरू बिच संयुक्त मोर्चा बनाएर अघि बढ्न सकिन्छ,’ विप्लवले प्रचण्डलाई भनेका थिए । उनले जनताको तात्कालिक आवश्यकता तथा जनजीविका सवालमा संयुक्त कार्यक्रमहरू गर्न प्रस्ताव गरेका थिए ।
विप्लवले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । यसअघि उनले शुक्रबार सो पार्टीका सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेका थिए । छलफलमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal