(Sunday , 12 May,2024)

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत

NepalNewsLine

NepalNewsLine

Image 1

३२ जेठ, काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन् । बिहीबार मध्यान्ह ट्वीटरमार्फत उनले विगतमा एक प्रतिशत सम्भावना भएका काममा सफल भएको भन्दै आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको बताए ।

विगतमा एक प्रतिशत सम्भावना देखेका पाँच वटा काममा सफलता मिलेको पुनले उल्लेख गरेका छन् । उनले स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको बताए ।

उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal