(Saturday , 28 September,2024)

 बागमती प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

हेटौँडा । प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेका हुन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् ।

संसद् बैठकमा प्रतिपक्ष दलका सांसदहरूले बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका हुन् ।

उनीहरूले संसद् बैठकमा नाराबाजी समेत  गरेका छन् । सांसदहरूले ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

प्रतिपक्ष दलका सांसदहरूको विरोध पश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal