(Sunday , 12 May,2024)

जाँचबुझ आयोगको कार्यादेशको मस्यौदा तयार, सरकारका प्रतिनिधि र नेकपा एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु

NepalNewsLine

NepalNewsLine

Image 1

७ असोज, काठमाडौं - दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् ।

यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी छ ।

भेप र ब्रेक शुमार्फत भएको सुन तस्करीलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो ।

तर आयोगको कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ भएको थियो ।

आइतबार कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा एमाले बाहेकका दलहरुबीच छलफल भएको छ ।

‘नयाँ ड्याफ्ट बनेको छ, अब एमालेसँग छलफल हुन्छ’ छलफलमा सहभागी जनता समाजवादी पार्टी ९जसपा०का प्रमुख सचेतक प्रदीप यादवले भने ।

आइतबार दिउँसो सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal