(Thursday , 21 November,2024)

प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न : सार्वजनिक व्यक्ति बाहिर हिँड्न वा बोल्न नहुने हो ?

NepalNewsLine

NepalNewsLine

Image 1

२१ भाद्र, काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको सांघातिक आक्रमणको भर्त्सना गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले खुकुरी प्रहार गर्ने व्यक्ति सन्काहा भन्दै घटनालाई थामथुम पार्ने प्रयास भएको आरोप लगाए ।

यस विषयमा गम्भीरताका साथ सरकारले गहिरो अनुसन्धान गरी घटनाको यथार्थ बाहिर ल्याउन उनले ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीमाथि प्रश्न गर्दै थापाले बाहिर हिँड्न वा बोल्न नहुने हो भन्दै आक्रोश पोखे । 

‘जिम्मेवारी लिनेले धेरै बोल्ने होइन, काम गर्ने हो । म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु । संविधानसभा सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रमबाट फर्किएर आउँदा खुकुरी प्रहार हुँदा उहाँहरूलाई पोल्नुपर्छ कि पर्दैन? बोलेकै आधारमा सांघातिक आक्रमण गरेर जायज ठहराउन सक्छ’, सरकारमाथि थापाले प्रश्न उठाए । 

कुनै पनि माध्यमबाट हिंसा जायज छ भन्ने भाष्य स्थापित गराउन खोजियो भने ठुलो गल्ती हुने उनको तर्क थियो । बुधवार राजधानीको रिपोर्टस क्लब नेपालमा भएको कार्यक्रम सकेर बाहिर आएपछि  यादवमाथि सांघातिक आक्रमण भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal