(Sunday , 12 May,2024)

 शशांकले भेटे बालकृष्ण खाँण

NepalNewsLine

NepalNewsLine

Image 1

१३ भाद्र, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् ।

खाँणलाई भेट्न बुधबार विहान ९ः१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । उनीसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको कारागार स्रोतले जानकारी दिएको छ ।

खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।

थुनामा रहेका खाँणलाई कांग्रेस नेताहरु डा. शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरुले पनि भेटिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौंको आदेशमा उनी १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal