१८ साउन, काठमाडौँ - सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।
बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भएको छ ।
प्रतिक्रिया