(Saturday , 11 May,2024)

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक र नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी छन् ।

हिजोमात्रै टुंगिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने निर्णय गरेको छ । गठबन्धन दलहरू एकजुट भएर जान तयार भएपनि सीटको भागबन्डा अझै टुंगिएको छैन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal