(Sunday , 12 May,2024)

राष्ट्रिय सभा निर्वाचन भागबन्डाको लागी बसेको गठबन्धनके छलफल निष्कर्ष बिहिन

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको हो ।

आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको थियो । तर, बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे सैद्धान्तिक विषयमा मात्र छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभा निर्वाचनमा सबैलाई समेटेर जाने सोच छ भन्नुभयो । तर, के कसरी समेट्ने भन्ने खाका प्रस्तुत भने भएन ।’

बैठकबाट साना दल बाहिरिए पनि शीर्ष दलका नेताहरु अझै छलफलमा रहेका छन् । गठबन्धन दलको बैठकअघि शनिबार अपरान्ह पनि गठबन्धनमा सहभागी शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको छुट्टै बैठक बसेको थियो । 

यसअघि बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal